नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।
नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जित्याे ।
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न ।
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा ।
नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको अनुुसार भदौ १० आइतबार गते छ वर्षे अवधिको विकास ऋणपत्र २०८६ “ज” (६) बर्षे बिक्री गर्न लागिएको हो ।
केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ ।
प्रतिक्रिया