मंगलबार, असार १७, २०८२

सातै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति कहाँ-कहाँ छ भारी वर्षा र हावा-हुरीकाे सम्भावना ?

नेपालखोज २०८० भदौ १० गते ५:४८

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हाल बंगलादेशको उत्तरी भू(भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले जनाएको छ ।

अहिले कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको विभागले जजनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा/हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया