क्रिकेटर सन्दीप लामिछानेविरुद्धको पेशीमा अन्तिम सुनुवाइ आज

नेपालखोज २०८० भदौ १० गते ८:०३

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको पेशी आजलाई तोकिएको छ । गौशाला २६ ले दिएको उजुरीको मुद्दा खेपिरहेका सन्दीपको आजदेखि अन्तिम बहस प्रारम्भ हुने बताइएको छ ।

आज बहस सुरु भएमा ढिलोमा सोमबारसम्म फैसला आउने बुझिएको छ । सन्दीपको पक्षमा फैसला आएमा उनी एसियाकपका लागि पाकिस्तान जाने छन् । सन्दीपलाई पठाउने गरी क्यानले तयारी गरेको जनाउँदै अन्तिम निर्णय भने अदालतको हातमा रहेको क्यानका पदाधिकारीले बताएका छन् ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ भदौ १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त दिन खतिवडाको इजलासले ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया