शनिबार, जेठ ५, २०८१

संसारमा सबैभन्दा बढि वाइन कहाँ उत्पादन हुन्छ ?

नेपालखोज २०८० भदौ १० गते १६:३५

काठमाडाैं । विश्वमा वाइनको खपत तीव्र गतिमा बढिरहेको छ । युरोपेली देशहरूमा सबैभन्दा बढी वाइन उत्पादन हुन्छ। इटाली, फ्रान्स र स्पेनले विश्वको कुल वाइन उत्पादनको आधा भाग ओगटेका छन । यसमा अमेरिका र अष्ट्रेलिया पनि शीर्ष पाँच देशमा पर्छन्।

चीन एसियामा वाइन उत्पादनको हिसाबले पहिलो नम्बरमा छ । विश्वको कुल वाइन उत्पादनको १.६२ प्रतिशत भाग चीनले ओगट्छ। वाइन उत्पादन गर्ने देशको सूचीमा चिन १२ नम्बरमा छ।

वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार इटालीमा विश्वक‍ो सबैभन्दा बढी वाइन उत्पादन हुन्छ। विश्वको कुल वाइन उत्पादनमा इटालीको हिस्सा १९.३० प्रतिशत छ भने फ्रान्सको शेयर १७.६५ प्रतिशत तथा स्पेनको शेयर १३.८२ प्रतिशत छ ।

विश्वव्यापी उत्पादनमा यी तीन देसको कुल हिस्सा करिब ५० प्रतिशत छ । यो सूचीमा अमेरिका चौथो नम्बरमा छ । विश्वव्यापी उत्पादनमा यसको हिस्सा ८.६७ प्रतिशत छ। अष्ट्रेलियाको हिस्सा ४.९३ प्रतिशत छ । यो सूचीमा अर्को दुई नाम ल्याटिन अमेरिकी देश चिली र अर्जेन्टिना पनि छन्।

प्रतिक्रिया