मंगलबार, असार १०, २०८२

९ वटा संसदीय समितिको सभापति सर्वसम्मत

नेपालखोज २०८० भदौ १० गते १७:३०

काठमाडौं । प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि भोलि सोमबार निर्वाचन राखिएको छ । त्यसको अघिल्लो दिन विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा भएकाले त्यसअनुसार नै उम्मेदवारी परेको छ । ‘भोलि ३ बजे सबै समितिको बैठक राखिएको छ ।

एउटा मात्र उम्मेदवारी परेकाहरूको हकमा त्यही सर्वसम्मत निर्वाचित घोषणा हुन्छ’, संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया