शनिबार, पुष ५, २०८२

चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रिएको इनिएस्टाको भनाइ

नेपालखोज २०८० भदौ १० गते १८:४३

म्याड्रिड । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर मेरो दुःख व्यक्त गर्न चाहन्छु ।’

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भनिन्, ‘विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उहाँको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।’

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएकी थिईन् ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् ।

प्रतिक्रिया