राष्ट्र बैंकद्वारा विद्युत्तीय कारोबारलाई प्रभावकारी बनाउन निर्देशिका जारी

नेपालखोज २०८० भदौ १० गते २०:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमद्वारा हुने नगद कारोबारलाई थप प्रभावकारी बनाउन निर्देशिका जारी गरेको छ । आइतबार भुक्तानी सम्वन्धी कार्य गर्ने सबै अनुमतीपत्र प्राप्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे साइवर रेसिलेन्स सम्वन्धी निर्देशिका जारी गरेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार वितहद्युतीय कारोबारमा आएको व्यापकतासँगै वृद्धि भएको साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थीत बनाउनको लागि यो निर्देशिका जारी गरिएको हो ।

यो निर्देशिका जारी भएपछि विद्युतीय कारोबार थप सुरक्षित र प्रभावकारी हुने र यसले आम नागरिकको दैनिक जीवन सहज हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया