नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्दै

नेपालखोज २०८० भदौ ११ गते ७:३५

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलको रुपमा आज थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ मा मलेसियामा सुरु हुनेछ ।

आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेकोा हो । यो खेल अभ्यास मात्रै हुनेछ ।

शनिबार नेपालले चार देशसम्मिलित महिला टि२० आई खेलको फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनलो हराउँदै उपाधि जितेको थियो । नेपालले लिगमा हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो ।

मलेसियासँग ६ विकेटले पराजित भएको थियो । थाईल्यान्ड आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने सवैभन्दा बलियो टोली हो । पछिल्लो समय टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डसँग नेपाली महिला टोलीको असली परिक्षा हुनेछ ।

२०२० मा थाईल्यान्डले विश्वकप खेलेपछि विश्व क्रिकेटमा स्तरमा सुधार गरेको छ । तर नेपालको स्तर भने उस्तैछ । ओपनर नथाकन चन्थाम थाईल्यान्डकी प्रमुख ब्याटर हुन् । विदेशी लिगमा उनले लगातार सानदार प्रदर्शन गर्दै आएकी छिन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

आइसिसी महिला विश्वकप टि२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया