चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमूलक उद्योगले ४ करोडसम्म पाउने

काठमाडौं । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो ।
केन्द्रीय बैंककाअनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम ४ करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । यसअघि मार्गदर्शनले यस्तो कर्जाको सीमा २ करोडसम्म पाउने गरी सीमा निर्धारण गरेको थियो । यसका विरुद्ध उद्योग व्यवसायीहरूले निरन्तर दबाब दिएपछि केन्द्रीय बैङ्कले मार्गदर्शन संशोधन गर्दै कर्जाको सीमा बढाएको हो ।
‘संशोधित मार्गदर्शनअनुसार फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल . २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा . ४ करोडसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार रबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।
तर, इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कनभर्जन साइकल, डेज् सेल्स आउटस्ट्यान्डिङ, इनभेन्टरी कन्भर्जन पिरेड, लिड टाइम, अकाउन्ट पेबल पिरेड आदिको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्’ मार्गदर्शनमा भनिएको छ ।
चालू पुँजी कर्जाको सीमा निर्धारणको हकमा समग्र बैंकिङ्ग प्रणालीबाट कुल .१ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल . ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन ।
यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्नेछ ।

प्रतिक्रिया