शेख दाजुभाइसहित पाँच नेपाली खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा

नेपालखोज २०८० भदौ ११ गते १६:३४

काठमाडौं । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने बिग ब्यास लिग २०२३ २४ को ड्राफ्टमा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सहित पाँच खेलाडी ड्राफ्टमा परेका छन् ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् ।

सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई रिटेन गर्न सक्नेछ । अरू चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ ।

देव खनाल नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । शेख दाजुभाइ भने ब्याटर हुन् ।

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् ।

प्रतिक्रिया