मंगलबार, असार १०, २०८२

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न ओलीको चुनौती

नेपालखोज २०८० भदौ ११ गते १७:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

प्रतिक्रिया