एसिया कपमा नेपाल

नेपालखोज २०८० भदौ १२ गते ६:४९

काठमाडाैं । नेपालले पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउँदै छ । एसिया कप क्रिकेट खेल्न नेपाली टिम पाकिस्तानको मुल्तान पुगिसकेको छ ।

एसिया कपका खेलहरु भदौ १३ गते बुधबारदेखि ३१ गते ९३० अगष्टदेखि १७ सेप्टेम्बर० सम्म पाकिस्तान र श्रीलंकामा संचालनमा हुनेछन् ।

य‍ाे प्रतियोगिताका ६ सहभागी मुलुकलाई २ समुहमा विभाजन गरिएको छ जसअनुसार समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल भोलि भदौ १३ बुधबार (अगष्ट३०) पाकिस्तानको मुल्तानमा खेल्नेछ । यो एसिया कप -२०२३ को उदघाटन खेल पनि हुनेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । उक्त खेलपछि नेपाली टिम भात सँगको खेलका लागि श्रीलंका जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ गते सोमबार (सेप्टेम्बर ४) श्रीलंकाको क्यान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

नेपालको भारत र पाकिस्तान दुबै सँगको खेल डे एन्ड नाइट हुनेछ । पाकिस्तानमा एसिया कपका चार खेल हुनेछन् भने अन्य सबै खेल श्रीलंकामा हुनेछन् ।

नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको रास्ट्रिय टिमसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिक्रिया