मंगलबारका लागि विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया