कावासोतीमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरे

नेपालखोज २०८० भदौ १२ गते ११:०८

नवलपरासी । महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको चालिस किलोमा ट्रक पल्टिँदा १८ वटा भैंसी र पाडा मरेका छन् । कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक आज बिहान ३ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

भैंसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ३६ वटा भैंसी र पाडामध्ये १८ वटा मरेका हुन् ।

मरेका चौपाया गाड्न खाडल खल्न थालिको छ । कपिलवस्तुको बहादुरगन्जबाट ती चौपाया काठमाडौं मासुका लागि लैजाँदै गरिएको थियो ।

कपिलवस्तुको बहादुरगन्ज, रुपन्देही र पश्चिम नवलपरासीको चौपत्ता बजारबाट हरेक दिन मासुका लागि चौपाया काठमाडौं लगिन्छ ।

प्रतिक्रिया