सीआईबीका एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी
नेपालखोज
२०८० भदौ १२ गते १८:५७

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।
हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्य त्यहाँ पठाइन लागेका स्रोतले बताएको छ ।
यसक्रममा प्रहरीले यसमा संलग्न मुख्य ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको बयान लिएर थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया