वास्तु ज्ञान : राति यी ३ ठाउँमा जानु खतरनाक

विष्णु पुराणमा यस्ता तीन स्थानको वर्णन गरिएको छ, जहाँ राति जानु हुँदैन । विष्णु पुराणअनुसार राति यी स्थानहरूमा जानु खतरनाक साबित हुन सक्छ ।
विष्णु पुराणमा भनिएको छ – कुनै पनि व्यक्तिले राति शम्सान वा त्यसको वरपर जानु हुँदैन । शम्सानमा सधैं नकारात्मक ऊर्जा हावी हुन्छ । विष्णु पुराणअनुसार राति शम्सान जाँदा उक्त नकारात्मकताले दिमाग र मस्तिष्कमा नराम्रो प्रभाव पार्न सक्छ ।
विष्णु पुराणका अनुसार राति अधर्मी मानिसको नजिक जानु हुँदैन, भेट्नु हुँदैन । अधर्मीहरूले राति सधैं खराब कामहरू गर्छन् । उनीहरुलाई भेट्दा संकट निम्तिन सक्छ ।
विष्णु पुराण अनुसार असल व्यक्तिले राति चौराहबाट टाढा रहनुपर्छ । वास्तवमा असामाजिक तत्वहरू प्रायः रातको समयमा चोकमा भेटिन्छन् र, समाज विरोधी गतिविधि संम्लग्न हुन्छन् ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया