नेपाल : ब्याटिङ र बलिङमा उत्कृष्ट, ठूला टिमविरुद्ध छैन अनुभव

काठमाडाैं । सन् २०१९ को एकदिवसीय विश्वकपपछि पहिलो पटक एसिया कप खेल्ने नेपाली टोलीले ५१ खेल खेलेको छ । जसमा उसले २७ जित हात पारे पनि एसिया कपका बाँकी ५ टिमसँग नेपालले एउटा खेल खेलेको छैन । नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग एकदिवसीय खेल खेल्नेछ।
टीमको स्ट्रेन्थ स् दुई जना ब्याट्सम्यानले १०००ं रन बनाएका छन भने ५०ं विकेट लिने बलर ३ जना छन् । २०१९ ओडीआई विश्वकप पछि नेपालका २ जना ब्याट्सम्यानले ११ सय भन्दा बढी रन बनाएका छन्, जबकि ३ जना बलरले ५० भन्दा बढी विकेट लिएका छन्। कप्तान रोहित पौडेलले एक हजारभन्दा बढी रन बनाएका छन् । बलिङमा लामिछानेले ९६ विकेट लिएका छन् । टिमका करण केसी र सोमपाल कामीले पनि पछिल्लो ४ वर्षमा ५० भन्दा बढी विकेट लिएका छन् ।
नेपालको वीकनेस, ठूला टिमसँग खेलेको अनुभव छैन स् नेपालसँग ठूला टिमसँग खेलेको अनुभव कम छ । टिमका खेलाडीहरुले जे गरे पनि त्यो एसोसिएट टिम विरुद्ध गरेका छन् । यस्तो अवस्थामा ठूला टिम विरुद्ध प्रदर्शन गर्नु नेपालका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।
२०१९ विश्वकपपछिको एकदिवसीय खेलमा नेपाली टिमको प्रदर्शन
कुल खेल – ५१
जित – २७
हार – २२
टाई – १
अनिर्नित – १
शीर्ष -३ ब्याटसम्यान
रोहित पौडेल
म्याच – ४८ रन – १३८३
आसिफ शेख
म्याच – ४१ रन – ११८७
कुसल भुर्तेल
म्याच – ४४ रन- ९८६
शीर्ष ३ बलर
सन्दीप लामिछाने
म्याच – ४३ विकेट – ९६
करण केसी
म्याच – ४१ विकेट – ६८
सोमपाल कामी
म्याच- ४१ विकेट ५०
टीमको फुल स्क्वाड
ब्याटसम्यान
कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, भीम शार्की ।
विकेटकिपर
आसिफ शेख र अर्जुन साउद ।
अल राउन्डर
रोहित पौडेल ९क्याप्टेन० , करण केसी , कुशल मल्ल , प्रतिश जीसी तथा सोमपाल कामी ।
बलर
गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, श्याम ढकाल, सन्दीप जोरा तथा किशोर महतो ।
(दैनिक भास्करबाट)
प्रतिक्रिया