सोमबार, असार २, २०८२

पाकिस्तानका दुवै ओपनर आउट

नेपालखोज २०८० भदौ १३ गते १६:०७

 काठमाडाैं । एसिसी एसिया कपको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानका दुवै ओपनरको विकेट लिएको छ ।   

मुल्तान अन्तर्राष्ट्रिय क्रिकेटर रंगशालामा टस हारेर फिल्डिङ गरिरहेको नेपाललाई करण केसीले पहिलो सफलता दिलाए ।

करणले ५.३ ओभरमा ओपनर फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकको मद्दतमा १४ रन बनाए ।

६.१ ओभरमा पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का इमान उल हकलाई गुमायो । इमान व्यक्तिगत  ५ रन बनाएर रन आउट भए । 

प्रतिक्रिया