रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की
नेपालखोज
२०८० भदौ १३ गते १७:१०

मस्को । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउने भएका छन् ।
विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा आउने बताइएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताएकी छिन् ।
सम्बन्धित








प्रतिक्रिया