थप दुई सुन गाल्ने उपकरण बरामद
नेपालखोज
२०८० भदौ १३ गते १८:३५

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।
हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीले बुधबार भारतबाट पक्राउ गरेर दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया