शनिबार, जेठ ५, २०८१

गैंडाकोटकी कुमालले आफ्नै शरीरमा लगाइन् आगो

नेपालखोज २०८० भदौ १३ गते १८:५२

गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

गैंडाकोट नगरपालिका-२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया