बिहीबार, वैशाख २०, २०८१

हिँड्नुका फाइदा

नेपालखोज २०८० भदौ १४ गते ५:३९

काठमाडौ । शरीरलाई तन्दुरुस्त राख्न र रोगहरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो । तपाईं दैनिक हिँड्दै हुनुहुन्छ भने कुन समयमा शरीरलाई व्यायाम गर्दा सबैभन्दा बढी फाइदा पुग्छ भन्ने थाहा हुनुपर्छ ।

जाडोको हटिसकेको छैन । यस्तो अवस्थामा हिँड्ने नियम पनि परिवर्तन हुन आवश्यक छ । धेरै अनुसन्धानमा बिहान व्यायाम गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान राख्छ र दिमागलाई पनि सक्रिय बनाउँछ ।

फाइदा
–शरीरको तापक्रम सामान्य राख्न धेरै पानी पिउनुहोस् । त्यसैले हिँड्नुअघि र पछि एक गिलास पानी पिउनुहोस् ।
–हिँड्नको लागि शान्त ठाउँ छान्नुहोस् । जहाँ हरियाली, वरपरको प्राकृतिक सौन्दर्य (बगैंचा) वा खुला ठाउँ होस् ।
–मुटु रोगी, उच्च रक्तचाप वा अन्य कुनै समस्या भएका व्यक्तिले हिँड्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकका अनुसार बिहान नसामा रक्तसञ्चार कम हुने भएकाले दौडने वा कडा व्यायाम गर्दा हृदयाघातसमेत हुनसक्छ ।
–हिँड्दा सुरु र अन्त्यमा सधैं ढिलो गति राख्नुहोस् । यसबाट थाकेको महसुस हुँदैन ।
–हिँड्नका लागि आरामदायी जुत्ता हुनुपर्छ ताकि कुनै असुविधा नहोस् । जुत्ता धेरै टाइट हुनुहुँदैन।
–हिँड्नुअघि वार्म अप गर्नुहोस् । यसले मांसपेशीमा रक्तसञ्चार बढाउँछ । मांसपेशीमा चोट लाग्ने जोखिमलाई पनि कम गर्छ ।

ध्यानमा राख्नुहोस्
–घाम उदाएपछि मात्रै घरबाट निस्कनुहोस् ।
–बिहान कुहिरो लागेमा हिँड्न नजानुहोस् ।
–जाडो याम भए शरीर पूरै ढाक्ने, कान छोप्ने कपडा लगाउनुहोस् ।
–हिँड्दा साना बालबालिकालाई साथमा नलिनुहोस् ।
–यदि पहिलोपटक हिँड्न जाँदै हुनुहुन्छ भने १५ मिनेटभन्दा बढी नहिँड्नुहोस् ।
–मोटोपनाबाट ग्रसित व्यक्तिहरूले बिहानको हिँडाइबाट टाढा रहनुपर्छ
–मुटुको समस्या भएका व्यक्तिले बिहानै हिँड्नु हुँदैन ।

प्रतिक्रिया