आजको मौसम कहाँ कस्तो ? पानी पर्छ कि पर्दैन ?

नेपालखोज २०८० भदौ १४ गते ५:४८

काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

प्रतिक्रिया