शुक्रबार, जेठ ४, २०८१

देश र भलाद्मीहरू

बसन्त बस्नेत २०८० भदौ १४ गते ९:१५

यहाँ अग्ला महल देखिन्छ, महल रित्तै भेटिन्छ,
महलको आँगनमा घर कुरेकी बुढी आमा,
बिदेसिएको छोराछोरीको कल्पनामा हराएको देखिन्छ,
ईख नभएको मानिस र विष नभएको सर्प नि भेटिन्छ,
चौडा सडकमा साङ्ग्र सोच, हातमा दुवो र पाती ली मन्दिर कुदेको देखिन्छ,
उफ् त्यी देश बनाउँछु भन्नेहरू र त्यिनका चमचाहरू,
पिआर र ग्रीनकाडको कुरो गर्न साथ र्याल चुहाएको देखिन्छ,
आमा आमा भनी सुन्दा आमाको मन पग्लिन्छ,
कुरो बुझ्दै जाँदा कुसे औशी भएको भेटिन्छ,
सिरमा लगाउने ढाका टोपी कचाकुचुक कतापो हुन्छ,
जब टोपी दिवस आउँछ फेसबुक भरी देखिन्छ,
सरकारले केही गरेन भन्नेहरू, गरिबलाई हेरेन भन्नेहरू,
आई फोन बाट गुनासो पोखेका भेटिन्छन्,
गुनासो सुन्ने नि उस्तै,
दुई किलो चामल दि फोटो खिचाउन निस्किन्छन्,
यहाँ राष्ट्र सेवक भन्नेहरू नि, बहादुर भन्ने पनि,
म गोर्खाली, मेरो रगतमा गोर्खाली भन्नेहरू नि,
सबेरै गोर्खा बियर पिएको देखिन्छन् ।

प्रतिक्रिया