मलेसियामाथि नेपालको रोमान्चक जित

नेपालखोज २०८० भदौ १४ गते १०:२९

काठमाडाैं । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली मलेसियामाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियाे बनेको छ ।

जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

मलेसियालाई २४ बलमा जितको लागि १७ रन चाहिँदा हातमा ७ विकेट विकेट थियो । १७ औं ओभरको तेस्रो बलमा महिमाह ९ रनमा रन आउट भइन् । लगत्तै अर्को बलमा विनीफ्रेड आउट भएपछि मलेसिया दबाबमा परेको थियो ।

उक्त ओभरमा कविता जोशीले मात्रै दुई रन दिइन् । १८ बलमा जितको लागि १५ रन चाहिँएको थियो । १८ औं ओभरमा इन्दु बर्माले दुई रन दिएपछि १२ बलमा १३ रन बनाउनु पर्ने अवस्था आएको थियो । १९ ओभरमा कविताले एकरन आउटसहित दुई विकेट दिएर ३ रन दिएपछि नेपाल जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा जितको लागि मलेसियालाई १० रन आवश्यक परेको थियो ।

प्रतिक्रिया