आवासीय भवनमा आगलागी हुँदा बीस जनाको मृत्यु
नेपालखोज
२०८० भदौ १४ गते १२:३५

जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।
दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् ।
पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
सम्बन्धित








प्रतिक्रिया