चीनलाई बालेनको काउन्टर : नेपाली भु-भागलाई भारतको देखाउनु गलत कदम

नेपालखोज २०८० भदौ १४ गते १३:१८

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीनले सार्वजनिक गरेको नक्सामा नेपालको भुमीलाई भारतको देखाएको भन्दै कडा आलोचना गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर साहले चिनले सो कार्य गरेर नेपाली संवेदनशीलतामाथि गलत कदम चालेको भन्दै चीन भ्रमणामा समेत नजाने भएको बताएका हुन् ।

मेयर बालेन साहको स्ट्याटसः

हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

प्रतिक्रिया