शनिबार, जेठ ५, २०८१

जोहानेसबर्गको आवासीय भवनमा आगलागी, कम्तीमा ७० जनाको मृत्यु

नेपालखोज २०८० भदौ १४ गते १५:३२

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एउटा भवनमा भएको आगलागीमा कम्तीमा ७३ जना मानिसहरूको मृत्यु भएको छ। घटनामा थप ५० जना घाइते भएका छन्।

आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले हताहत हुनेको सङ्ख्या पुष्टि गर्दै भवनमा खोजी र उद्धार कार्य भइरहेको बताए।

पाँच तल्ले उक्त भवनमा आगलागी हुनुको कारण अझैसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।

आपत्कालीन सेवाले बताए अनुसार जोहानेसबर्गको मध्य भागमा रहेको उक्त भवनमा दिउँसो १:३० बजे आगो सल्किएको थियो।

प्रतिक्रिया