यी दाजु – बहिनी क्रिकेटको संसारमा छन् चर्चित

नेपालखोज २०८० भदौ १४ गते १७:५१

काठमाडौं । रक्षाबन्धनको अवसरमा क्रिकेट जगतमा हलचल मच्चाउने दाजु–बहिनीको जोडीका बारेमा केहि जानकारी :

-आयरल्याण्डको क्रिकेटमा डेलानी परिवारको विशेष स्थान छ। लोरा डेलानी र ग्यारेथ डेलानी बाहेक उनका भाइ डेभिडले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।

-जोयस परिवारले आयरल्याण्डलाई ५ जना क्रिकेटर दिएका थिए । एड जोयस, डोम र तिनीहरूका जुम्ल्याहा बहिनी सेसिलिया र इसोबेल जोइस।

-नेदरल्याण्ड्सको बास लिडले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छोडे भने त्यसपछि उनकी बहिनी बाबेटले पनि क्रीकेट मै नाम कमाइन्।

-अस्ट्रेलियाली महिला क्रिकेटर अन्नाबेल सदरल्याण्ड अन्तर्राष्ट्रिय स्तरमा खेलिरहेकी छिन् भने उनका भाइ घरेलु क्रिकेट खेल्छन्।

-गुस्ताभ म्यास्योन र उनकी बहिनी इनिस म्यास्योनले फ्रान्सेली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

प्रतिक्रिया