राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश
नेपालखोज
२०८० भदौ १४ गते १८:२१

काठमाडौं । उच्च अदालत पाटनले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।
विद्युत प्रशारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपाको पार्टी कार्यालय भत्काउने निर्णय गरिसकेको छ । तर राप्रपाले आफैं भत्काउने भनेर समय माग गरेपछि महानगरपालिकाले डोजर चलाएको थिएन ।
घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्कालाई नभत्काउन अन्तरिम आदेश भएको हो । दुवै पक्षलाई झिकाएर छिटो फैसलाका लागि अग्राधिकार दिने पनि आदेश भएको छ ।
सम्बन्धित
प्रतिक्रिया