नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ १४ गते २२:०९

हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । 

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।

चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन् ।

१८९८ मंसिर (सन् १८४१) महिनामा बहुलाएको हात्ती काबुमा ल्याउन सफल भएबापत तोपखानामा कार्यरत जंगबहादुर युवराज सुरेन्द्रको अंगरक्षकमा सरूवा भए । माघ महिनामा युवराजलाई मानसिक रोगले ग्रस्त बनायो । 

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताए । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए ।

 उच्च अदालत पाटनले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया