सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०८० भदौ १५ गते ५:४३

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको उत्तरतिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको महाशाखाले उल्लेख गरेकाे छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक/दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानहरूमा,  मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया