आइतबार, वैशाख ३०, २०८१

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

नेपालखोज २०८० भदौ १५ गते १०:४०

कोशी । आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदैछ । कोशी सरकारका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौमा सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गरेका छन् ।

मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ।

प्रतिक्रिया