बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का

नेपालखोज २०८० भदौ १५ गते १८:५७

काठमाडौं । पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।

खड्का यसअघि काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । पारसलाई बागमती प्रदेशभित्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर सहितका जिल्लालाई खुल्ला रुपमा समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए ।

प्रतिक्रिया