मंगलबार, असार १७, २०८२

विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु

नेपालखोज २०८० भदौ १५ गते १९:१८

बझाङ । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ । बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन् ।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएकाे छ ।

प्रतिक्रिया