नेपालखोजमा दिनभरकाे खबर सारांश !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।
तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी ।
पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।
सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् ।
वायुसेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधन गर्दै प्राधिकरणले नयाँ मापदण्ड तयार गरेको हो ।
इन्स्टाग्राममा उच्च गुणस्तरको फोटो-भिडियो कसरी अपलोड गर्ने ?
शक्तिशाली आँधी ‘साओला’ नजिकिँदै गर्दा हङकङ र दक्षिण चीनका अन्य भागहरूमा सावधानी

प्रतिक्रिया