काठमाडौं र ललितपुरका यी ठाउँमा जाने छ बत्ति
नेपालखोज
२०८० भदौ १६ गते ७:३८

काठमाडौं । काठमाडौं र ललितपुरको विभिन्न ठाउँमा आज बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भएकाे हाे । प्राधिकरणले आज शनिबार साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन सक्ने छ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया