शनिबार, जेठ ५, २०८१

अवस्था ठिक नभएका सवारी साधन चलाउने ३७ जना चालक कारबाहीमा

नेपालखोज २०८० भदौ १६ गते ११:२२

काठमाडौं । भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

एक सय २० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याीण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडि १६ ओटा, मिनी टिपर ७ टाटासुमो ६, हाइस ६ र अन्य सवारी साधन २ ओटा रहेका छन् ।

सवारी साधन मर्मत पश्चा त तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् । त्यस्तै काठमाडौंको नागढुङ्गामा आजै गरिएको लापसे चेकिङका क्रममा २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा २ ज ३२ ८७ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको पाचखाल नगरपालिका १३ बस्ने सुरेश तोलाङ्गे र बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ बस्ने २३ वर्षीय भुवन सुर्खेती लागु पदार्थ सेवन गरि सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् ।

नियन्त्रणमा लिएका दुबैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले सवारी साधनलाई चेकजाच गरेको थियो ।

प्रतिक्रिया