कृतिम खुुट्टा जडान सुरु

नेपालखोज २०८० भदौ १६ गते १६:५३

महोत्तरी । बर्दिबास–१ स्थित बर्दिबास सेवा समितिको भवनमा ‘कृतिम खुुट्टा जडान कार्य’ सुरु भएको छ ।

रोटरी क्लब अफ बर्दिबासको आयोजनामा आजदेखि सुरु भएको अभियानमा विभिन्न घटनामा खुुट्टा गुमाएका व्यक्तिलाई कृतिम खुुट्टा जडान गर्न लागिएको हो ।

विभिन्न घटनामा खुुट्टा गुमाएकाले कृतिम खुुट्टाको सहारामा हिँडडुल गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए ।

अभियानका क्रममा सम्पर्कमा आउने सबै बिरामीलाई सेवा दिने क्लबले जनाएको छ । अध्यक्ष गौतमका अनुसार भारतस्थित जयपुरका दक्ष प्राविधिकले बनाएका कृतिम खुुट्टा सेवाग्राहीलाई जडान गरिनेछ ।

यस अभियानमा रोटरी क्लब अफ वीरगञ्जले समेत साथ दिएको उहाँको भनाइ थियो । यस कार्यका लागि चार बङ्गलादेशी र दुुई नेपालीसहित छ प्राविधिक रहेका अध्यक्ष गौतमले जानकारी दिए ।

प्रतिक्रिया