आइतबार, वैशाख १४, २०८२

झन्डै ३० अंकले घट्दा एक अर्ब १८ करोडको सेयर किनबेच

नेपालखोज २०८० भदौ १७ गते १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्सेमा भीषण पहिरो गएको छ । नेप्से आज २९ दशमलव ८१ अंकले घटेर एक हजार नौं सय ६० दशमलव ७८ अंकमा झरेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य नौं अंकले घटेर तीन सय ७६ दशमलव ६२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ३७ हजार ४१ पटकको कारोबारमा ४० लाख ५३ हजार तीन सय ६८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० रुपैंयाँ ८७ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सेयर घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ११ दशमलव १० अंकले घटेर १२ सय ५१ दशमलव ७० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५८ दशमलव १९ अंकले घटेर तीन हजार छ सय ७७ दशमलव ५६ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि २२ दशमलव १४ अंकले घटेर १६ सय ६५ दशमलव ७२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ६३ अंकले घटेर १९ सय ९० दशमलव शुन्य अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि दुई सय १९ अंकले घटेर १० हजार छ सय ८१ दशमलव २५ अंकमा झरेकोमा नीर्जिवन बीमा समुहको सुचक पनि दुई सय १२ दशमलव ४१ अंकले घटेर १० हजार चार सय छ दशमलव शुन्य आठ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ७० दशमलव ४७, शुन्य दशमलव ९७, ४९ दशमलव शुन्य छ, ६३ दशमलव ९०, शुन्य दशमलव १९, १९ दशमलव १६ र ३७ दशमलव १८ अंकले घटेका छन् ।

नेप्सेमा आज थ्रि स्टार हाईड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ५४ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लिर्वर्टी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर दुई सय दुई रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोल्टी होटल लिमिटेडको भने आज प्रतिकित्ता चार सय ३८ रुपैंयाँ अन्तिम मुल्यमा तीन करोड ८८ लाख ८८ हजार एक सय छ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया