जुम्लामा स्थानीय तहबाटै उद्योग दर्ता गरिने

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आज तीन हजार एक सय ८३ वटा उद्योगहरु यहाँका स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
उद्योगतर्फ दुई सय ९१ र वाणिज्य तर्फका दुई हजार आठ सय ९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए ।
कार्यालयमा हालसम्म तीन हजार छ सय ९३ उद्योग र तीन हजार एक सय चारवटा वाणिज्य उद्योगहरु दर्ता भएका छन् । वाणिज्य उद्योततर्फका तीन हजार एक सय चारवटा उद्योगमध्ये दुई हजार आठ सय ९२ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
दुई सय १२ वटा उद्योगहरु कार्यालय मातहत रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार उद्योगतर्फका पाँच लाखभन्दा माथि पूँजी भएका र वाणिज्य उद्योततर्फ १० लाखभन्दा माथि पूँजी भएका उद्योगहरु भने कार्यालयको मातहतमा दर्ता हुने जानकारी दिए ।

प्रतिक्रिया