खरदार र सुब्बालाई सहसचिवसम्मै खुला प्रतिस्पर्धा गर्न दिन माग

काठमाडौं । राजपत्र अनंकित कर्मचारीले संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् ।
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सरकारसँग एघारौं तह (सहसचिव वा सो सरह) र नवौं तह (उपसचिव वा सो सरह) श्रेणीको खुलामा प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका राजपत्र अनकंकित कर्मचारी योग्य हुने व्यवस्था गर्न माग गरेको हो ।
उनीहरुको माग अनुसार ऐन बनेमा खरदार र नायब सुब्बाले समेत खुलातर्फ उपसचिव र सहचिवमा प्रतिस्पर्धाको अवसर पाउनेछन् । हाल राजपत्रांकित अधिकृतहरुले मात्रै यस्तो सुविधा पाउँछन् ।
हालकै अवस्थामै विधेयक पास भएमा राजपत्र अनंकितसहित सबै राष्ट्रसेवक कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भएकोले सुधार गर्न उनीहरुको माग छ ।
मागहरुको सम्बोधन नभएमा चरणवद्ध रुपमा सशक्त विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया