वास्तु ज्ञान : याे दिशामा पूजा गर्दा हुन्छ धन प्राप्ति

नेपालखोज २०८० भदौ १८ गते ५:४३

प्रत्येक दिशामा प्रकाशको प्रभावले फरक ऊर्जा सिर्जना गर्छ । यदि हामीले दिशाहरू नबुझेर उक्त ऊर्जाको सम्पर्कमा आयौं भने त्यसले हानि गर्छ । सनातन धर्ममा दिशाको विशेष महत्व छ । दिशाहरू सूर्य र यसको प्रकाशसँग सम्बन्धित छन् । ज्योतिषीहरू भन्छन् – प्रत्येक दिशामा प्रकाशको प्रभावले फरक ऊर्जा सिर्जना गर्छ। यस सम्बन्धमा थोरै जानकारी ले पनि धेरै फाइदा लिन सकिन्छ ।

पूर्व दिशा

पूर्व दिशामा फर्केर धार्मिक कार्य गर्नाले सधैं लाभदायक हुन्छ। यहाँ सूर्य र बृहस्पतिको प्रभाव बढी छ। यो दिशाबाट मान, प्रतिष्ठा र ज्ञान प्राप्त हुन्छ । सकेसम्म पूर्व दिशामा फर्केर पूजा, ध्यान तथा अध्ययन गर्नुपर्छ ।

पश्चिम दिशा

पश्चिम दिशा शनिको दिशा हो। यो दिशाबाट सम्बन्ध, परिवार र खुशी प्रभावित हुन्छ। यो दिशामा खाना खाँदा द्वन्द्व बढ्छ। यो दिशामा टाउको राखेर सुत्दा स्वास्थ्य समस्या हुनुका साथै आर्थिक हानि पनि हुन्छ । यो दिशामा ध्यान र प्रार्थना गर्नु लाभदायक हुन्छ।

उत्तर दिशा

धनको हिसाबले यो दिशा विशेष मानिन्छ । वास्तुअनुसार कुनै पनि कामको शुरुवात र व्यापार यहि दिशातर्फ फर्केर गर्नु उत्तम हुन्छ। यो दिशामा लक्ष्मीको पूजा गर्नाले धन प्राप्त हुन्छ ।

दक्षिण दिशा

दक्षिण दिशाका स्वामी मंगल र यम हुन्। यो दिशामा कुनै दोष भए घरका सदस्यहरूबीच सधैं कलह हुन्छ। दाजुभाइबीच सम्पत्तिको विषयमा विवाद हुनसक्छ । यो दिशामा हनुमानजीको पूजा गर्नाले विशेष लाभ मिल्छ । मंगल यन्त्र लाई घरको दक्षिण दिशामा स्थापित गर्नाले सबै समस्याहरू हट्छन् ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागूगर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया