बालेनले हटाए विवादित स्टाटस
नेपालखोज
२०८० भदौ १८ गते ११:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।
नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् ।
आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया