मासु र घाँसमा किसानलाई अनुदान

नेपालखोज २०८० भदौ १८ गते १६:११

गलकोट (बागलुङ) । बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको जनाएको छ ।

जनसङ्ख्याका आधारमा जिल्लामा चाहिने मासुमा आत्मनिर्भर भइसकेकाले निर्यात बढाउने उद्देश्यले घाँस र मासुलाई जोडेर अनुदान कार्यक्रम ल्याइएको केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए । उनका अनुसार उत्पादनका आधारमा अनुदान अहिलेका व्यावसायिक किसानको माग रहेकाले उत्पादन लक्षित कार्यक्रममा अनुदान दिन थालिएको छ ।

मासुमा आत्मनिर्भर भइसकेकाले मासुको उत्पादन बढाएर निर्यात गर्नका लागि चालु आर्थिक वर्षमा मासु र घाँसलाई जोडेर अनुदानको कार्यक्रम ल्याइएको भन्दै सापकोटाले उत्पादनको आधारमा बाँझो जग्गामा लगाइएको घाँसमा अनुदान दिन ३८ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीले गाउँमा उत्पादित खसीबोकाको बजारीकरण गरेर वार्षिक तीन करोड भित्र्याउँदै आएका छन्

प्रतिक्रिया