सोमबार, जेठ ६, २०८२

भारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमायो

नेपालखोज २०८० भदौ १८ गते १९:३१

काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप २०२३ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमाएको छ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।

खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले ४२ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा एक सय ९६ रन बनाएको छ ।

प्रतिक्रिया