सोमबार, जेठ ६, २०८२

एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल

नेपालखोज २०८० भदौ १९ गते १६:०४

कास्की । एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद(एसियाड)मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ ।

हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

त्यसमध्ये महिला ह्याण्डबल पनि हो । प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली पोखरामा साउन पहिलो सातादेखि बन्द प्रशिक्षणमा छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय ‘कभर्ड हल’मा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन् । यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो ।

प्रतिक्रिया