सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री साह
नेपालखोज
२०८० भदौ १९ गते १७:५०

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सवै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन् ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताईन् ।
समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।’
सम्बन्धित

प्रतिक्रिया