श्रीकृष्ण जन्माष्टमीमा राशिअनुसार दान

सनातन पञ्चांग अनुसार आज श्रीकृष्ण जन्माष्टमी हो । यो पर्व प्रत्येक वर्ष भाद्रपद महिनामा मनाइन्छ । श्रीमद्भागवत पुराणका अनुसार भगवान श्रीकृष्णको जन्म भाद्रपद महिनाको कृष्ण पक्षको रोहिणी नक्षत्रमा भएको थियो । भगवान् कृष्णका उपासकहरूले बालगोपालको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।
यो शुभ अवसरमा भक्तहरूले भगवान कृष्णको विशेष पूजा गर्दछन् । यस बाहेक उनका लागि व्रत पनि राखिन्छ । भगवान् श्रीकृष्णको आराधना गर्नाले साधकको सबै दुस्ख हट्ने धार्मिक विश्वास छ । कृष्ण जन्माष्टमीको दिन दान गर्ने व्यवस्था पनि छ । यदि बाँके बिहारीको आशीर्वाद चाहने हो भने कृष्ण जन्माष्टमीमा आफ्नो राशि अनुसार दान गर्न सकिन्छ ।
– मेष राशि हुनेहरुले बालगोपालको जन्मदिनमा गहुँ र गुड़ दान गर्नुपर्छ । यो उपाय अपनाए जीवनमा व्याप्त सबै दुःख(कष्टहरू हट्छन् भन्ने बिश्वास छ ।
– श्रीकृष्ण जन्माष्टमीमा वृष राशिका ब्यक्तिले मक्खन, गुड र चिनी दान गर्न सक्छन् । यो उपाय अपनाउँदन दाम्पत्य जीवन सुखमय रहन्छ ।
– मिथुन राशिका व्यक्तिहरूले भगवान कृष्णको आशीर्वाद प्राप्त गर्न जन्माष्टमीमा भोजन दान गर्नुपर्छ। भगवान मधुसूदनको अवतारका दिन दूध, दही, भात र मिठाई दान गर्नु उपयुक्त मानिन्छ । यसो गर्नाले घरमा सुख(समृद्धि कायम रहन्छ।
– सिंह राशिका व्यक्तिहरूले मुरली मनोहरको आशीर्वाद प्राप्त गर्न जन्माष्टमीमा गुड , मह तथा दाल दान गर्नुपर्छ।
– कन्या राशिका व्यक्तिहरूले लड्डु गोपालको जन्मदिनमा गाई माताको सेवा गर्नुपर्छ । यसका साथै गोठमा चाराका लागि नगदसमेत दान गर्नु उपयुक्त हुन्छ ।
– तुला राशिका व्यक्तिहरूले भगवान श्रीकृष्णलाई प्रसन्न त्य्ल्याउन सेतो र नीलो रंगको वस्त्र दान गर्नुपर्छ। यसले व्यवसायमा वान्छित सफलता मिल्छ ।
– वृश्चिक राशिका व्यक्ति कृष्ण कन्हैयाको जन्मदिनमा गहुँ, गुड तथा मह दान गर्नुपर्छ । यो उपाय अपनाउँदा आर्थिक अवस्था मजबुत हुन्छ ।
– धनु राशिका व्यक्तिहरूले आफ्ना प्रिय भगवान कृष्णको जन्मदिनमा आफ्नो आर्थिक अवस्थाअनुसार गीता दान गर्नुपर्छ।
– मकर राशिका व्यक्तिहरूले गरिबहरूलाई नीलो रंगको कपडा दान गर्नुपर्छ। यो उपाय गर्नाले बिग्रिएका कामहरु बन्न थाल्छन ।
– कुम्भ राशिका व्यक्तिहरूले श्रीकृष्ण जन्माष्टमीमा धन दान गर्नुपर्छ। यो उपाय अपनाए सुख ( समृद्धि कायम रहन्छ ।
– मीन राशिका व्यक्तिहरूले आफ्ना प्रिय भगवान विष्णुको अवतारको दिन केरा, बेसारको लड्डू, चिनी, मक्खन आदि दान गर्नुपर्छ। यसो गर्दा साधकले वान्छित फल प्राप्त गर्दछन ।

प्रतिक्रिया