आइतबार, जेठ ५, २०८२

युएईसँगको खेल रद्द हुँदा नेपाल सेमिफाइनलमा

नेपालखोज २०८० भदौ २० गते १०:१२

काठमाडाैं । मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ।

वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् । योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा युएई ५ खेलमा ९ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा रह्यो । नेपाल समान खेल र नतिजाका साथ ९ अंक भएपनि नेटरनरेट २.१८४ हुँदा दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्नु पर्यो ।

नेपालले अव समूह बी को विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।

प्रतिक्रिया